• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

घट्यो सुन–चाँदीको मूल्य



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य दुई रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार आठ सय रूपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख २० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले घटेर एक हजार चार सय ५० रूपैयाँमामा कारोबार भईरहेको महासंघले जनाएको छ ।