१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि जेलमुक्त



अ+ अ-

काठमाण्डौ । कर्तव्य ज्यान मुद्दामा ४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) जेलमुक्त भएका छन् । शनिवार पश्चिम बंगालको कोलकातास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका हुन् । 

इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसादविरुद्ध सन् १९८० मा दार्जिलिङ पुलिसमा हत्या आरोपको जाहेरी परेको थियो । उहाँलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । 

नेपालबाट उहाँका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेलमुक्त गरेको हो ।

भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको हो ।