२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको प्रदेश हो: मन्त्री साउद



file photo
अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले परिवेश, परिस्थिति, विकास बदलिएको छ । हाम्रो ठाउँमा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेका छन् । विकासका लागि चाहिने आधारभुत तत्वहरु सुदूरपश्चिममा देशका सातै वटा प्रदेश भन्दा सबैभन्दा ज्यादा छन् । यसका लागि अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धको कुरा आउँछ । त्यसमा उत्तर पनि पश्चिम पनि र दक्षिण पनि छ । उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत छ । खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिन खोज्ने हो भने कैलाली र कञ्चनपुरका फाँटहरु छन् ।’

‘इरिग्रेसनका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ । त्यसमा जलविद्युतको सम्भवाना हेर्ने हो भनेपनि दुनियाँका सबैभन्दा पोर्टेन्सियल जलविद्युतको क्षेत्रमा पोर्टेन्सियल क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो । त्यहाँ नेपालका पाँच ठूला नदीमध्ये तीन वटा छन् । नेपाल आफैँ पनि दुनियाँको ठूलो जलश्रोतको पोटेन्सिलिटी भएको देश हो । पवित्र तीर्थस्थल पनि छन् । ठूलो सांस्कृतिक विरासत पनि छ ।’

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनु भयो ।