११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार

दुई दशकदेखि मौरीपालनमा रमाएका दीपकुमार
अ अ+ अ-

घोराही । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका दीपकुमार मगर मौरीपालन व्यवसायमा हुनुहुन्छ । विगत २३ वर्षदेखि उहाँको दैनिकी मौरीको हेरचाहमै बित्ने गरेको छ । मौरीले राम्रै आम्दानी दिँदै आएकाले मौरीपालन व्यवसायमा उत्साह बढ्दै गएको ५९ वर्षीय मगरले बताउनुभयो ।

व्यावसायिक रुपमा मौरीपालन गर्न थालेको दुई दशक बढी भयो । उहाँले भन्नुभयो, “लामो समय भइसक्यो मौरीपालन गर्न थालेको आम्दानी पनि राम्रो भइरहेको छ । यसमा घरपरिवारको पनि सहयोग रहेको छ ।”

मौरीपालन पूर्वाधार सामग्री उत्पादनमार्फत व्यवसायका लागि आवश्यक सामग्री उत्पादन गरी छिमेकी जिल्ला रोल्पा, सल्यान, प्यूठानलगायत जिल्लामा समेत आधुनिक सामग्री पठाउने गर्नुहुन्छ ।

मगरको मौरी फार्म दुई सय घार क्षमताको भए पनि हाल ४५ मौरी छन् । उहाँले वर्षमा ३५ क्विन्टल मह उत्पादन हुँदै आएको बताउनुभयो । “परिवारको सहयोग छ, रोल्पा हुँदा मौरीपालन तालिम लिएपछि व्यावसायिक मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह केही बिक्रीका लागि जिल्लाका बजार र अन्यत्र जान्छ, धेरैजसोले घरमै आएर पनि लैजान्छन”, किसान मगरले भन्नुभयो, “मौरीपालनमा चोखो आम्दानी छ, त्यसैले विगत लामो समयदेखि यसैलाई निरन्तरता दिँदै आएको छु ।”

अहिले उहाँको फार्ममा युरोपेली, इटाली, मेरीफेरा, सेरेना जातका मौरीका घार छन् । परिश्रम र मेहनत गर्ने हो भने गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ । गत वर्ष माग बढेकाले रु छ सय प्रतिकिलो बिक्री गर्ने गरेको र यो वर्ष भने खुद्रामा रु पाँच सय प्रतिकिलो मह बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । थोक बिक्रीका लागि भने जिल्ला मौरीपालन व्यवसायी सङ्घको निणर्यअनुसार मूल्य निर्धारण गरिने उहाँले बताउनुभयो ।

मौरीपालन व्यवसायबाट उहाँले वार्षिक रु १० लाख आम्दानी गर्न सफल हुनुभएको छ । दुई/तीन वर्ष वैदेशिक रोजगारमा रहँदासमेत मगरले विदेशमा मौरीपालन गरेको देखि प्रभावित भएर नेपाल आएपछि व्यवसाय थालेको बताउनुभयो । २०५७ सालमा सुरु गर्दा जिल्लामा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको सङ्ख्या १७ रहेको उहाँ स्मरण गर्नुहुन्छ ।

वर्षा र अत्यधिक चिसो हुने समय ख्याल गर्ने हो भने मौरीपालनबाट राम्रो प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको उहाँले बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश घरबाटै बिक्री हुने गरेको मौरीपालक किसान मगर बताउनुहुन्छ । मौरीपालन व्यवसाय व्यावसायिक रुपमा सुरु गरेदेखि हालसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । रासस