२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनामा सुन्तला महोत्सव



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।”

महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफँै टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा बजारीकरणमा सहयोग पुर्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ । रासस




भर्खरै