२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्तव्यस्त छन् सिन्धुपाल्चोकका पर्यटकीय गन्तव्य



अ+ अ-

चौतारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘हन्ड्रेड डेस्टिनेसन’ मा सिन्धुपाल्चोकको भोटेकोशी र सुनकोशी नदीमा र्‍याफ्टिङ, बञ्जीजम्प, हेलम्बु र पाँचपोखरीलाई छान पनि प्रवद्र्धन अभावमा अझै व्यवस्थित बन्न सकेका छैनन् ।

प्रदेश र स्थानीय सरकारबाट केही संरचना निर्माण भइरहे पनि पर्यटकको मुख्य आकर्षक क्षेत्र अहिले पनि उभिन सकिरहेका छैनन् । चीन जोड्ने प्रमुख नाकामात्र नभई पर्यटकीय गन्तव्यमा उत्तिकै चर्चित तातोपानी नाका बल्ल शून्यबाट उभिँदैछ । भूकम्प, भोटेकोशी बाढी, बर्खे पहिराले खण्डहर बनेका यहाँका पर्यटकीयस्थल अझै पुरानो अवस्थामा फर्किन सकेका छैनन् ।

बर्सेनि धेरै सङ्ख्यामा तातोपानी धारा नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले भारी गिरावट आएको धारा संरक्षण समितिका सचिव विष्णुलाल श्रेष्ठ बताउनुहुन्छ । भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक स्थल दुगुनागढी नेपाली सेनाले पुन:निर्माण गरेर पुरानै अवस्थामा फर्काए पनि त्यहाँ पर्यटक पुग्ने वातावरणको बनेको छैन ।

भूकम्पअघि वार्षिक पश्चिमा मुलुकका दुई हजारभन्दा बढी नागरिक दुगुनागढी र भैरवकुण्ड भ्रमणमा आउने गरेका थिए । तातोपानीको बाटो प्रयोग गरेर वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक आउनेजाने गर्थे । सोमध्ये ५० हजारभन्दा बढी चीनका हुन्थे । अहिले यो कथाजस्तै भएको तातोपानीका व्यापारी दीपेन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

भोटेकोशी र सुनकोशी नदीमा गरिने र्‍याफ्टिङ र बञ्जीजम्पको पर्यटन पनि नदी उत्खनन र प्रदूषणले बगरमा परिणत गराएपछि व्यवसायी निरुत्साहित छन् । “जलपर्यटनलाई अरु चुनौती छैन, जथाभावी दोहन र नदी प्रदूषणलाई नियन्त्रण नगरिँदा यहाँको भविष्य धर्मराउँदो छ”, सुकुटे बिच एडभेन्चर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापा भन्नुहुन्छ ।

विश्वका सानाठूला गरी छ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० नदीमा भोटेकोशी र सुनकोशी सातौँमा परेको छ । विसं २०५६ मा पहिलोपटक न्यूजील्याण्डका डेविट र नेपाली विष्णुप्रसाद न्यौपानेबाट सञ्चालित बञ्जीजम्प पर्यटकीय गन्तव्यका रुपमा प्रख्यात छ । दैनिक ७० जना पर्यटकमा ४५ जना नेपालीले ‘बञ्जी एड्भेन्चर’ हान्छन् ।

सडकलाई व्यवस्थित नबनाइएकाले बञ्जीसम्म आउने अवस्था जोखिम बन्दै गएको छ । भूकम्पअघि वार्षिक ३६ हजार पर्यटक पदमार्गको आनन्द लिँदै हेलम्बुको बस्तीबाट पाँचपोखरीका विभिन्न धार्मिकस्थल अवलोकन गर्ने गर्दथे । अहिले पूर्वाधार र धार्मिक मन्दिर तङ्ग्रिने चरणमा रहे पनि दैनिक ४० पर्यटक मात्रै आउने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाका अनुसार ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायाङ्ग्री, ग्रेटटेल र पाँचपोखरी घुम्न अत्यधिक आन्तरिक पर्यटक आउने गरेका छन् । रासस




भर्खरै