८ आश्विन २०८१, मंगलवार
,
Latest
देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छ: डा प्रकाशचन्द्र लोहनी लुम्बिनि विकास कोषमा तनाब, निर्माण व्यवसायीले घेरे पदाधिकारी , समस्याका कारक सदस्य सचिब लामा भएको… प्रकाशमानलाई रवीन्द्र मिश्रको च्यालेञ्जः ‘एक्लै–एक्लै फाइट गर्ने ?’ राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छ: बुद्धिमान तामाङ नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी सडक द्रुत गतिमा निर्माण



अ+ अ-

वीरगञ्ज । सरकारको उच्च प्राथमिकतामा रहेको हुलाकी सडक दु्रतगतिमा निर्माण हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्ने काम समेत गरेको छ । 

पर्साका १४ स्थानीय तहमा रहेको सडक हुलाकी सडकसँग जोडिन थालेपछि सुदूर ग्रामीण क्षेत्रका जनता, यातायातका सवारीसाधन तथा ग्रामीण क्षेत्रमा उत्पादन हुने अन्नबाली बजारसम्म आउन सहज र सजिलो पनि भएको छ ।  यसबाट ग्रामीण क्षेत्रका किसानको आर्थिक वृद्धिदर बढ्दै गएको किसान विजय पंडितको भनाइ छ ।

जिल्ला सदरमुकाम वीरगञ्जदेखि ठोरीसम्मको हुलाकी सडकको निर्माणले पछिल्लो समय गतिलिन थालेको छ । तीस–तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भइरहेको सो सडकको पहिलो प्याकेजको काम ५७ र दोस्रो प्याकेजको काम ८७ प्रतिशत सम्पन्न भई सकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

प्याकेज एकअन्तर्गत वीरगञ्जको प्रतिमा चोकदेखि चमरी टोलसम्म ३० किलोमिटर र प्याकेज दुईअन्तर्गत चमरी टोलीदेखि ठोरीसम्म निर्माण भइरहेको छ ।  सो सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताउनुभयो ।   

सो सडकअन्तर्गत प्याकेज नं १ मा ११ किमी र प्याकेज नं २ मा २४ किमी गरी जम्मा ३५ किमी सडकमा कालोपत्र राख्ने काम सम्पन्न भइसकेको छ । प्याकेज एकको सडक २०७७ जेठ २० गते र प्याकेज २ को सडक २०७७ चैत १८ गतेसम्म सम्पन्न गरी सक्नेगरी ठेकेदार कम्पनीले तीव्ररुपमा कामको थालनी गरेको बताइएको छ । सो सडक बनिसकेपछि पर्साको दुर्गम ग्रामीण क्षेत्रका १५ हजार २१८ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यसैगरी सरकारको रु सात करोड ७१ लाख ७३ हजार ७५० बराबरको लागतमा निर्माण भइरहेको तिलावे पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । वीरगञ्ज महानगरपालिकालाई १३ स्थानीय तहसँग जोडिएको सो पुलको लम्बाइ १०० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

बारा जिल्लाको गढीमाई–बरियारपुर–कवहीगोठलाई जोड्ने १० दशमलव छ किलोमिटर लम्बाइ रहेको सो सडकको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । सरकारको रु चार करोड ४५ लाख ५१ ह्जार ४८१ को लागतमा निर्माण भइरहेको सो सडकको दुई किमीसम्म कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

यसैगरी बारा तथा रौतहट जिल्लाको सीमामा हुलाकी सडकअन्तर्गत निर्माण भइरहेको अरुवा खोलामा पुल निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । बीस मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको सो पुल नेपाल सरकारको रु पाँच करोड ३३ लाख २७ हजार ९७५ को लागतमा निर्माण भइरहेको छ ।

रौतहट जिल्लाको वाग्मती–फतुवा–महेशपुर र अरुवासम्म १९ दशमलव ११ किमी लम्बाइ भएको हुलाकी सडकको निर्माण भइरहेको छ । हालसम्म सो सडकको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो सडकखण्डको ११ किलो मिटरसम्म कालोपत्र काम भइसकेको छ । सरकारको रु ७७ करोड ३९ लाख ९९ हजार ९७५ को लागतमा निर्माण भइरहेको जनाइएको छ ।पर्सा, बारा, रौतहट र चितवनसम्म हुलाकी सडकको १८३ किमी लम्बाइ रहेको छ । सर्लाही जिल्लाको कर्मैयास्थित वाग्मती पुलदेखि वीरगञ्जको प्रतिमा चोकसम्म ५५ किमी, वीरगञ्जदेखि ठोरीसम्म ६० किमी र ठोरी–माडी– भरतपुरसम्म ६८ किमी गरी जम्मा १८३ किमीसम्म हुलाकी सडक धमाधम निर्माण भइरहेको छ । तीमध्ये १२२ किमी हुलाकी सडकमा कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

सो सडकअन्तर्गत २५ किमी चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वन मन्त्रालयले सो सडक बनाउन अनुमति नदिएको सो कार्यालयले जनाएको छ । हाल पर्साको ठोरीदेखि चितवनसम्म जङ्गलको बाटो भएर यातायातका सवारीसाधन चले पनि कालोपत्र सडक नहुँदा समस्या भोग्दै आएका छन् ।

सरकारको बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको हुलाकी सडक निर्माणले गति लिएपछि ग्रामीण क्षेत्रका सडक राजमार्गमा रुपान्तरित हुन थालेको छ ।  ग्रामीण क्षेत्रका उत्पादन सहजैरुपमा बजारसम्म ल्याउन सहिजा भएकोे स्थानीयवासीको भनाइ छ । रासस