२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनले भने– ‘यो देशले सज्जनलाई लाचार बनाउँछ’



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालकुमारी घटनालाई लिएर देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका छन् ।

शुक्रबार राती सामाजिक सञ्जालमा एक कविता लेख्दै मेयर बालेनले यो देशले सज्जनलाई लाचार बनाउने टिप्पणी गरेका हुन् । यस्तै, लाचारलाई मर्न बाध्य बनाइने उनले कवितामार्फत जनाएका छन् ।

यस्तो छ बालेनको कविता

यो देशले सज्जनलाई लाचार बनाउँछ,

लाचारलाई मर्न बाध्य बनाउँछ ,

मर्न नसकेकोलाई अपराधी बनाउँछ,

अपराध पछि आफू उठ्ने माध्यम बनाउँछ।

यो देशले मुर्दाघर बनाउँछ,

बाच्ने ठाउँ दिँदैन ,

परिस्थितिले लासको दर बनाउँछ,

मान्छेलाई भाउ दिँदैन।

शुक्रबार ईपिएस भाषा परीक्षा दिन माग गर्दै बालकुमारीमा युवाहरू प्रदर्शनमा उत्रिका थिए । प्रदर्शनका क्रममा दुई युवाको ज्यान समेत गएको थियो ।