२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो – राप्रपा प्रवक्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन कुमार श्रेष्ठले राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि हुने अवस्था आएको बताउनु भएको छ ।

शुक्रबारको बालकुमारी घटनालाई लिएर प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे कार्यकालमा सम्बोधन गरेको जनाउँदै कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गरेपनि बालकुमारी घटनाले प्रधानमन्त्रीको कार्यशैलीमा थप प्रश्न उठाएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ –
प्रधानमन्त्रीले तिन दिनअघि आफ्नो एक वर्षे ‘असफल’ कार्यकालको फेहरिस्त सुनाउने क्रममा अब कार्यशैली बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आज बालकुमारी घटनापछि प्रधानमन्त्री कुन कार्यशैलीमा जाँदै हुनुहुन्छ भन्ने प्रष्ट भएको छ । सम्भवतः यो शुरुआत मात्रै होला आगामी दिनमा यस्ता घटनाहरु कति भोग्नुपर्ने हो, कति सुन्नुपर्ने हो ! अब राज्यबाट जोगिएर बाँच्न सक्नु नै ठूलो उपलब्धि होला जस्तो भयो !
राज्यद्वारा हत्या गरिएका दुई यूवाप्रति हार्दिक श्रद्धान्जलि ।
अरु यूवाका सपना यसरी नमरुन् ।