३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलभेंडा उत्पादक कृषकहरुलाई मेगा बैंकको सहुलियत कर्जा



अ+ अ-

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

उक्त समझदारी अनुसार कर्मा समूहको सिफारिसमा मेगा बैंकले पहिलो चरणमा ५० जना कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । दोश्रो चरणमा देशका अन्य जिल्लाका कृषकहरुलाई पनि सहुलियतमा कर्जा उपलब्ध गराउने समझदारी भएको छ । इच्छुक कृषकहरुले आवश्यक काजगात पेश गर्नासाथ मेगा बैंकको नयाँ बानेश्वर शाखाले सहुलियत कर्जा उपलब्ध गराउने छ ।

 काठमाडौं उपत्यकासहित देशका बिभिन्न भागमा छिमेकी देशबाट तरकारी भित्रिरहेको अबस्थामा सहुलियत कर्जाबाट नेपाली कृषकहरुको उत्पादन लागत घट्नुका साथै बजारमा प्रतिस्पर्धा गर्न मद्दत मिल्ने, थप रोजगारी सिर्जना हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने मेगा बैंकको विश्वास छ ।