२२ फाल्गुन २०८१, बिहीबार
March 6, 2025 Thursday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.63

Wind: 1.03

Humidity: 72

Latest
देशका अधिकांश भागमा मौसम सफा रहने भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता प्रधानमन्त्री ओलीले आज चन्द्र ढकालको कागज उद्योगको उद्घाटन गर्ने पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि साँघुरो जित वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै ‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’ प्रतिनिधिसभाले पारित गरेका पाँच अध्यादेश आज राष्ट्रियसभामा पेश गरिँदै कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय रामेछापको कोलन्जोर घाटमा पुल निर्माण सम्पन्न भएन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ



अ+ अ-

बारा । अवैधरूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।

विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैँया मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ ।

चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्रीवितरण गर्दै आएको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।