२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका खेलाडीलाई आईपीएल खेल्नु ‘तातो भात निल्नु न ओकल्नु’



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को मिनी लिलामी १९ डिसेम्बरमा दुबईमा भएको थियो । यस लिलामीमा धेरै देशका खेलाडीले भाग लिएका थिए ।

यसैबीच, अफगानिस्तानका खेलाडीलाई आईपीएल खेल्न गाह्रो भइरहेको छ । वास्तवमा, अफगानिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई अर्को दुई वर्ष आईपीएल खेल्नको लागि ‘नो अब्जेक्सन प्रमाणपत्र’ दिन अस्वीकार गरेको छ ।

यसमा मुजीब–उर–रहमान, फजलहक फारुकी र नवीन–उल– हक समावेश छन् । खेलाडीलाई वार्षिक केन्द्रीय सम्झौताबाट रिहा गर्ने निर्णयलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । एसबीले लिग खेल्नुभन्दा देशका लागि खेल्नलाई प्राथमिकता दिँदै खेलाडीको हितका लागि यस्तो निर्णय गरेको बुझिएको छ ।

यी खेलाडीहरू आफ्नो फाइदाका लागि व्यावसायिक क्रिकेट लिग खेल्छन्, जसका कारण उनीहरू केन्द्रीय सम्झौताबाट मुक्त हुन चाहन्छन् । अफगानिस्तानको राष्ट्रिय क्रिकेट बोर्डले खेलाडीको यस्तो कार्यलाई ध्यानमा राख्दै उनीहरुमाथि कडा कारबाही गर्न बाध्य भएको जनाएको छ ।

आईपीएल २०२४ को लिलामीमा मुजीब–उर– रहमानलाई कोलकाता नाइट राइडर्सले २ करोडमा आफ्नो टोलीमा समावेश गरेको थियो । यसबाहेक नवीनलाई लखनऊ सुपर जाइन्ट्सले आफ्नो टोलीमा समावेश गरेको छ भने सनराइजर्स हैदरावादले फजलहकलाई आफ्नो टोलीमा समावेश गरेको छ ।

यसबाहेक न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसलगायत धेरै शीर्ष क्रिकेटरले केन्द्रीय क्रिकेटभन्दा फ्रेन्चाइजी क्रिकेटलाई प्राथमिकता दिँदै राष्ट्रिय टोलीबाट बाहिरिएका छन् ।