४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, सबैको रोजाईमा थारु गाउँ

सौराहामा बढ्दै सांस्कृतिक पर्यटक, सबैको रोजाईमा थारु गाउँ
अ+ अ-

भरतपूर । पछिल्लो एक वर्ष यता चितवनको सौराहा घुम्न जाने पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिएको छ । सौराहा जाने आन्तरिक तथा वाह्य पर्यटकहरु सौराहा थारु भिलेजमा गएर मात्रै फर्किने गर्दछन् । एक पटक उनीहरु थारु भिलेजमा पुगेर थारुहरुको संस्कृति र संस्कारमा रम्ने र रमाउने गर्दछन् । सौराहा थारु भिलेज विदेशी र आन्तरिक पर्यटकहरुका लागि रोजाइमा पर्दै गएको छ । सौराहा थारु भिलेज पर्यटकहरुका लागि थारु गाउँको पर्याय झैँ बनेको छ भन्दा फरक नपर्ला । किनभने सौराहा जाँदा जसरी जंगल सफारी गर्न पर्यटकहरु लालयित हुन्थे त्यसैगरी पछिल्लो समय सौराहा पुगेका पर्यटकहरु थारु कला र संस्कृति हेर्नका लागि एक दिन भएपनि थारु भिलेजमा पुगेर नरमाइकन फर्किन सक्दैनन् ।

चितवनको सौराहामा आएका स्वदेशी तथा विदेशी पर्यटकहरु थारू संस्कृतिमा लोभिँदै गएका छन् । समूहगत रुपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रश्तुत गर्दै पर्यटकहरुलाई आकर्षित र रोमाञ्चित बनाउनछन् । नेपालकै मुख्य पर्यटकीय गन्तव्य चितवनको सौराहामा कतिपय पर्यटकहरु त थारु संस्कृति र कला हेर्न पटकपटक जाने गरेका छन् । दोस्रो पटक थारु संस्कार र संस्कृति हेर्न पुग्नुभएका लक्ष्मी निरौलाले संस्कृतिसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले राम्रो प्रगति गरेको बताउनु भयो ।

उहाँले थारु गाउँको संस्कृति, संस्कार र सांस्कृतिक पर्यटकको सम्भवाना चितवनस्थित सौराहा थारु भिलेजले देखाएको बताउनु भयो । यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्वपूर्ण योगदान गर्ने उहाँको ठम्याइ छ । चितवनमा जति धेरै थारु संस्कृतिलाई विकास गर्न सकिन्छ त्यति नै पर्यटकको सम्भावना बढ्ने बताउनु भयो । चितवलाई जंगल सफारीकासाथै संस्कृतिको रुपमा पनि चिनाउनसके पर्यटकहरु अझै बढ्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रशस्त पर्यटकीय सम्भावना भएको देश हो । यहाँको तराईदेखि पहाड र हिसालसम्मका विभिन्न परम्परा र रितिरिवाजहरुले हामीलाई धानेको छ । कल्चरसँग पर्यटकलाई जोडेर हेर्दा चितवनले एउटा ठूलो फड्को मार्नेछ । खासगरी थारु गाउँको संस्कृति छ, उहाँहरुले प्रशस्त सम्भवानासहित संस्कार र संस्कृति जोगाउने जमर्को गर्नुभएको छ, यसले सांस्कृतिक पर्यटनलाई जोगाउन महत्वपूर्ण योगदान गर्नेछ । कुनैपनि जातजाति सम्प्रदायको आफ्नो संस्कृति, परम्परा हुन्छ, अरुसँग मिल्दैन, तर थारु कल्चर समृद्ध छ तर लोप हुने अवस्थामा पुगेको थियो । चितवनले थारु कल्चर जति प्रमोट गर्छ, यसको सम्भावना त्यत्तिकै बढ्दै जान्छ । चितवन जंगल सफारी गर्न जो पर्यटक जान्छन् उनीहरुलाई हाम्रो कल्चरसँग मिलाउन र चिनाउनसके राम्रो हुन्छ ।’

त्यस्तै ललितपुरबाट आफ्ना विद्यार्थीहरुलाई लिएर चितवन पुग्नुभएका दिनेश रावल विद्यार्थी र बालबालिकाहरु अनलाइन केन्द्रित हुँदै गइरहेको बेलामा बाहिरि संस्कार र संस्कृति बुझाउन यस्त गन्तव्यहरु महत्वपूर्ण हुने बताउनु हुन्छ । उहाँले यस्ता क्षेत्रहरु मनोरञ्जनका साथसाथै अध्ययनका लागि पनि काम लाग्ने बताउनु भयो । उहाँले थारु समुदायझै अन्य समुदायहरुले पनि लोप हुन लागेका आफ्ना संस्कार र संस्कृतिहरुको जगेर्ना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेका बालबालिकाहरु अनलाइन कुराहरुमा मात्रै केन्द्रित हुन्छन् । अनलाइन विषयवस्तुमा ात्रै फोकस नभइ यस्ता बाहिरि कुरामा संस्कार र संस्कृति बचाउनुपर्छ, संरक्षणमा लाग्नुपर्छ भनेर बुझाउनु आवश्यक छ । यहाँ एकदमै राम्रो लाग्यो, आफ्नो संस्कृति बचाएर राख्नुपर्छ, विद्यार्थीहरुको लागि राम्रो हुनेछ । विदेशमा पनि आफ्नो, कला, संस्कृति जोगाउन लागेको हामी देख्छौँ, हाम्रोमा पनि यसरी बचाउन लाग्नुपर्छ । अरु समुदायहरुले यो कुरा सिक्नुपर्छ, अरुले प्रमुख आयआर्जनको श्रोत बनाउन सक्नुभएको छैन, थारु समुदायले मात्रै सौराहामा यो संस्कार र संस्कृतिको जगेर्ना गरेर अघि बढ्नुभएको छ । अन्य समुदायले पनि संस्कार र संस्कृति जोगाउन लाग्नुपर्छ ।’

पर्यटन व्यवसायी रञ्जन भण्डारी चितवन थारुको पहिचान स्थल भएकाले लोप हुँदै गएको अवस्थामा सौराहा थारु भिलेजले थारु संस्कार र संस्कृति बचाइरहेको बताउनु हुन्छ । थारु गाउँहरु लोप हुँदै जाँदा उनीहरुका संस्कार र संस्कृतिहरु थारु भिलेजमा सहजै देख्न पर्यटकहरुले पाउने बताउनु भयो । उहाँले चितवनको आदिवासीको पहिचानसँगै स्थानीय थारु समुदायलाई भिलेजले रोजगारी दिएको बताउनु भयो । संस्कार र संस्कृति जोगिनुका साथै यस्ता कामले पर्यटनमा पनि ठूलो योगदान पुगिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थारु मात्र नभइ अरुअरु पनि कल्चरहरु छन् तर चितवन भनेको एउटा थारुको पहिचान हो । त्यसकारण यो हुन जरुरी छ । थारु गाउँ यो एकदमै महत्वपूर्ण नै छ । चितवनको आदिवासीको पहिचानसँगै यहाँका स्थानीय चौधरीहरुलाई रोजिरोटी दिनुभएको छ, युवाहरु विदेश जानबाट जोगिएका छन् ।’

त्यस्तै सौराहा थारु भिलेजका सञ्चालक मधुसुदन सिलवाल थारु समुुदायको परम्परा, संस्कृति र संसकार बचाउने अभियानले बिस्तारै सार्थकता पाउँदे गएको बताउनु हुन्छ । उहाँले थारुको बाहुल्य भएको ठाउँ चितवनमा थारु संस्कृति लोप हुँदै गएपछि विदेशबाट आएर आफूले थारु भिलेजका रुपमा अघि बढाइ संस्कृति र संस्कार जोगाउने काममा लागेको बताउनु भयो । उहाँले अहिले आन्तरिक तथा वाह्य पर्यटकहरु थारु गाउँ खोजिखोजि आउन थालेको बताउनु भयो ।

सौराहामा जंगल सफारीसँगै थारु भिलेज पनि प्रमुख गन्तव्यस्थ्ल बन्दै गएकोमा खुशी लागेको बताउनु भयो । भिलेजमा थारु संस्कृति हेर्न र रम्न पाइने उहाँको भनाइ छ । थारु समुदायले लगाउने कपडादेखि खाने खाना र उनीहरुको संस्कृतिमा रमाउन सकिने बताउनु भयो । भिलेजमा चौधरी स्थानीयहरु ५२ जनालाई रोजगारी दिएको र अझै १५० जनासम्मलाई रोजगारी दिने आफ्नो योजनाअनुसार काम गरिरहेको बताउनु भयो । उहाँले ढिँकीमा कुटेको चामल, जाँतोमा पिँधेको दाल, तोरी कोलमा पिँधेको तेलहरु विदेशमा पठाइ अग्र्यानिक खाना दिने सोचअनुसार काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘थारुको बाहुल्य भएको ठाउँ चितवन । जतिपनि विदेशीहरु, पाहुनाहरु जतिपनि सौराहा घुम्न आउनुहुन्छ, थारुको संस्कृति, खाना, गाउँ, घुम्न नै आउने हो । तर थारु गाउँ नै लोप हुने अवस्थामा गयो, त्यसपछि म बाहिर थिएँ, बाहिरबाट आएर थारु गाउँ बनाउनुपर्छ भनेर निर्माण गरेको हो । विदेशीहरु थारु भिलेज खोजिखोजि आउनुहुन्छ । थारुको संस्कृति, गाउँ हेर्न पाइन्छ, ड्रेस लगाउन पाइन्छ, देशभरकै । यहाँ ढिँकी, जाँतो पिँद्न पाइन्छ । यो स्थानीय सरकारले गर्नुपर्ने काम हो तर स्थानीय सरकारले केही पनि सहयोग गरेको छैन । अहिले पर्यटकका लागि सौराहामा थारु गाउँले अर्को एक दिनका लागि पर्यटकहरुलाई रोक्ने गन्तव्य बनेको छ ।’

‘कहाँ जाने भन्दा थारु गाउँ जाने भन्ने छ । धेरै जना सोधीसोधी आउनुहुन्छ । स्पेशल थारु खाना खाने र कल्चर हेर्नका लागि आउनुहुन्छ । ५२ जनाले रोजगारी पाउनुभएको छ, स्थानीयहरु, चौधरीहरु नै हुनुहुन्छ, १५० जना पुर्‍याउने योजना छ, ढिँकीमा कुटेको चामल, जाँतोमा पिँदेको दाल, तोरी कोलमा पिँदेको तेलहरु नेपालमा मात्रै नभइ विदेशमा पनि सप्लाइ गरेर अग्र्यानिक खाना दिने प्लान छ । ६ देखि ७ करोड लगानी छ । एक वर्ष भयो यो, यो समयमा राम्रो चलिरहेको छ । दशैँपछि धेरै नै राम्रो माहोल छ, यत्तिकै राम्रो भयो भने पर्यटन धेरै राम्रो हुन्छ ।’

उहाँले एक वर्षअघि ७ करोड लगानीमा शुरु गर्नुभएको सौराहा थारु भिलेजलाई पर्यटकको मुख्य रोजाइमा पर्दै गएको छ । दशैँपछिका दिनहरुमा पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको र यही स्तरमा पर्यटकहरु आइरहने हो भने पर्यटनको सम्भावनाका साथै व्यवसाय पनि उत्तिकै फस्टाउँदै जाने बताउनु भयो । पर्यटकीय आकर्षणका लागि सञ्चालित थारु गाउँमा थारु संस्कृतिका सामग्री र खानाको परिकार पाइन्छ । झन्डै तीन विगाहा क्षेत्रफलमा उनले थारु भिलेज बनाएका छन् । थारुको पोशाक, थारु जातिले प्रयोग गर्ने सामान, घरलगायत थारु संस्कृतिका सामग्री राखिएको छ । तर सांस्कृतिक ग्रामकै उत्पादनबाट सञ्चालन गर्नसके मात्रै यस्ता सांस्कृतिक ग्राम चल्न सहज हुने र पर्यटकहरुको मुख्य आकर्षण हुनेछ ।

आशिष अधिकारी/अनिष अविरल: न्युज एजेन्सी नेपाल