५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेज र मेसीले फेरि एकसाथ खेल्ने



अ+ अ-

एजेन्सी । उरूग्वेका फरवार्ड लुइस स्वारेज र अर्जेन्टिनी स्टार लियोनल मेसीलाई फेरि एकपटक सँगै मैदानमा देखिने भएको छ । स्वारेज अमेरिकी मेजर लिग सकर टोली इन्टर मियामीमा अनुबन्ध भएसँगै दुई स्टार फुटबलरले सँगै खेल्ने भएका हुन् ।

मियामीमा स्वारेज र मेस्सीसँगै सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि एकै क्लबबा खेल्नेछन् । स्वारेजले २०१५ र २०१९ बीच मेसी बुस्केट्स र अल्बासँगै बार्सिलोनामा चार ला लिगा उपाधि जितेका थिए ।

यसअघि ३६ वर्षीय स्वारेज ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक लिग खेलेका थिए । मियामीका मालिक जोर्गे मासले स्वारेजलाई क्लबमा भित्राउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

photo: BBC sport