२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको मुद्दा शिशिरराज ढकालको इजलासमा



file photo: can
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

सुनुवाईका लागि जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकेको छ ।

जिल्ला अदालत काठमाडौँमा दायर भएको जबरजस्तीकरणीको मुद्दामा अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

उक्त मुद्दामा विभिन्न बाहानामा पछाडि धकेलिदै आएको छ । आज मुद्दाले किनारा लाग्ने बताइएको छ ।

गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई फास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको १० महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।