५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउनु भयो । उहाँले अहिले काँग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता÷कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा काँग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । काँग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रुपमा सरकार बनाउन सकोस् । अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउनसक्ने सम्भावना निकै कम हुन्छ ।

त्यसैले अहिलेको जस्तो हाम्रो सबैभन्दा ठूलो पार्टी भएको छ, भोलिका दिनमा पनि हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, अन्तरघात भन्ने रोग छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्नुहोला ।’

सभापति देउवाले आगामी दिनमा काँग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताउनु भयो ।