८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिन्छुः मन्त्री किराँती

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिन्छुः मन्त्री किराँती
file photo: rss
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको छ ।

बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको हो । नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो ।

सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किराँतीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले वर्षमा २० करोड भन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद थर्काउने हामी त हो । हामी नै हो, संसद, पत्रपत्रिका, चिया पसलमा बोल्ने ? निकाय दिऔँ भनेर टेण्डर निकाल्यो किन भन्छन् ? गर्नु के ? यो चाहीँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन । २० करोड भन्दा बढी घाटा वर्षमा हामीले चिनियाँ जहाजलाई तिरेर राख्नुपरेको छ । त्यसको इन्स्योरेन्स र पार्किङको । यो जहाज एमआई ६० दुई वटा छ, वाइट १२ तीन वटा छ । जम्मा ५ वटा छ । कसरी किन किनियो कसको स्वार्थमा किनियो थाहा छैन ।’

मन्त्री किराँतीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो गर्नुभयो । उहाँले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई जिम्मेवारी पदमा बसेपछि परिणाम दिने इच्छा हुन्छ नै । जिम्मेवारी पदमा बसिसकेपछि केही न केही जीवनमा अमिट छाप दिएर जाउँ भन्ने सबैलाई हुन्छ नै । मलाई पनि छ । तर गर्न खोज्दा खोज्दै सजिलो त छैन । काम पनि गर् भन्ने कोइला खानीमा पस भन्ने सेतो सटमा वेदाक निस्की भन्ने, हिरा पनि ले भन्ने सेतो सट नै हुनुपर्छ भन्ने । काम नगरे जागिर पाक्छ, पद भजिन्छ, काम गरे विवाद हुन्छ । के गरौँ ।काम नगरौँ ? सलामी खाउँ, कुर्सीमा बसौँ वा विवादित हुँदै पनि काम गरौँ । यो प्रश्नको जवाफ टड्कारो भएको छ । एउटा निकायले काम गर्नको लागि हामी त कानून बनाउने विधायकहरु हौँ ।

मैले थाहा पाउँदा नै मन्त्री, उपप्रधानमन्त्रीहरु भइसकेको मानिस हुनुहुन्छ, कानून कसरी बनाउने यतातिर पनि अलिक बढी बहस गर्नुपर्छ । शासकीय स्वरुपको सुधार कसरी गर्ने ? एउटा काम गर्न थाल्नुपर्छ, अख्तियारले रातो घरमा बोलाइहाल्छ, अदालत, जिल्ला अदालत, उच्च अदालत, सर्वोच्चमा जानैपर्छ । महालेखा परीक्षकको कार्यालय धाउनैपर्छ । सार्वजनिक खरिद ऐन, अनुगमन कार्यालय पुग्नैपर्छ । संसदीय समितिमा त कान समातेर उठबस गर्नैपर्छ । राष्ट्रिय शतर्कता केन्द्रमा पनि जानैपर्छ । विभिन्न समयमा गठित समिति त्यत्तिकै छन्, कतिखेर काम गर्नु । परिणाम दिनुपर्नेछ, धाउँदाधाउँदै जुत्ता पाmटिरहेको छ ।’

मन्त्री किराँतीले आफूलाई परिणाम दिनेगरी काम गर्न मन लागेको भएपनि काम गर्न नपाएको बताउनु भयो ।