८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

नयाँ संरचनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी– २० क्रिकेट प्रतियोगिता सुरु

नयाँ संरचनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी– २० क्रिकेट प्रतियोगिता सुरु
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी– २० क्रिकेट प्रतियोगिता आज बिहीबारदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नयाँ संरचनामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन गर्नु भयो ।

सहभागी ८ टोलीले सुरुमा एक आपसमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । राउन्ड रोविन लिगपछि प्लेअफ हुँदै उपाधिका लागि प्रतिस्पर्धा गराइने छ । विगतका संस्करणमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको थियो ।

उद्घाटनका अवसरमा बुधबार स्वर्गारोहण हुनु भएका पाल्पा जिल्ला क्रिकेट संघका अध्यक्ष एवं लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्ष राजेश श्रेष्ठको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी एवं बोर्ड सदस्य एकेन्द्र कुँवर, बोर्ड सदस्य पेम्बा डोल्मा लामा र लेखबहादुर क्षेत्री, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, नेपाल क्रिकेट संघका सचिव पारस खड्कालगायतको उपस्थिति रहेको थियो ।