• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

के आईपीएल लिलामीमा २० करोड भारुको मूल्यभार तोडिन्छ ? यी तीन खेलाडी हुनसक्छन् महँगा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अर्को वर्ष मार्चमा सुरु हुने भएपनि १० टोलीको लिलामी डिसेम्बर १९ मा सकिनेछ । आईपीएलको लिलामी मंगलबार दुबईमा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ । जसमध्ये ३० स्लट विदेशी खेलाडीका लागि छन् ।

१० टोलीको लिलामीमा २६२.९५ करोड रुपैयाँ बाँकी छ । तीमध्ये गुजरात, हैदरावाद, कोलकाता र चेन्नई ३० करोड रुपैयाँभन्दा बढी रकम लिएर लिलामीमा भाग लिनेछन् । यी मध्ये एक टोलीमा भोलि आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि पर्न सक्नेछन्, जसको मूल्य २० करोड भारु नाघ्नेछ ।

१. रचिन रविन्द्रः एकदिवसीय विश्वकपमा ३ शतक, बायाँ हाते स्पिनर पनि
एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्र प्रभावित भएका छन् । उनले ३ शतकको मद्दतमा ५ सय ७८ रन बनाए । २४ वर्षीय रचिनले भारतमा स्पिन र पेस दुवैविरुद्ध ६४.२२ को औसतमा धेरै रन बनाए । शीर्ष क्रममा ब्याटिङका ​​साथसाथै रचिन लेफ्ट आर्म स्पिन बलिङ पनि गर्छन् ।

रचिनले न्यूजिल्याण्डका लागि १८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ११८ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी पहिलो पटक आईपीएलको लिलामीमा प्रवेश गर्नेछन् । आफ्नो टी२० करियरको ५३ खेलमा, उनले लगभग १२३ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

रचिनको नाम लिलामीको सेट–२ मा छ । न्युजिल्यान्डका अलराउन्डरले आफ्नो आधार मूल्य मात्र ५० लाख राखेका छन् । आईपीएलमा सबै टिमलाई अलराउन्डर चाहिन्छ । गुजरात, हैदरावाद, कोलकाता, चेन्नई, पञ्जाब र दिल्लीमा २९ करोडभन्दा बढीको कोष छ । यी मध्ये कुनै पनि टोलीले रचिन किन्न सक्छ ।

२. प्याट कमिन्सः विश्वकप विजेता कप्तान, तेज बलर र आक्रमणकारी ब्याट्सम्यान
आफ्नो कप्तानीमा एकदिवसीय र टी–२० विश्वकपसँगै एसेज र विश्व टेस्ट च्याम्पियनसिप जितेका प्याट कमिन्स पनि लिलामीमा सहभागी हुनेछन् ।

उनले ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा ५५ विकेटसहित ११६ रन बनाएका छन् । ३० वर्षीय अनुभवी कमिन्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा ४३८ विकेटसहित १७१७ रन छन् ।

आईपीएलका ४२ खेलमा कमिन्सले ३७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनी २०२१ सिजनमा केकेआरको हिस्सा थिए, जब उनले १४ बलमा अर्धशतक बनाएका थिए । कमिन्स २०२० मा १५.५० करोड भारुमा बिक्रि भएका थिए, त्यसैले यो पटक पनि उच्च मूल्यमा उनी बिक्न सक्छन् ।

अलराउन्डर कमिन्सको नाम लिलामीको सेट २ मा छ । उनको आधार मूल्य २ करोड रहेको छ र उनले आईपीएलमा मुम्बई र दिल्लीबाट पनि खेलिसकेका छन् । सबै टोलीले उनको लागि बोली गर्नेछन् । चेन्नई, हैदरावाद, पञ्जाव र आरसीबीलाई भावी कप्तान चाहिन्छ, त्यसैले यी टोलीहरूले कमिन्सलाई समावेश गर्न थप चासो दिनेछन् ।

३.मिचेल स्टार्कः नयाँ र पुरानो बलमा खतरनाक, ब्याटिङ पनि गर्न सक्छन्
अष्ट्रेलियाका बायाँ हाते तीब्र गतिका बलर मिचेल स्टार्कले ८ वर्षपछि आईपीएल खेल्न पाउने भएका छन् । उनी पछिल्लो पटक २०१५ मा आरसीबीको हिस्सा थिए । नयाँ र पुराना दुवै बलमा बलिङ गर्न माहिर स्टार्कसँग गति र स्विङ पनि छ । तल्लो क्रममा आक्रमणकारी शटहरू प्रहार गर्नुका साथै स्टार्कले राम्रो ब्याटिङ पनि गर्छन् ।

एकदिवसीय विश्वकप २०२३ मा १६ विकेट लिने स्टार्कको नाममा ५८ टी(२० मा ७३ विकेट छन् । तीनवटै ढाँचामा उनले कुल ६४७ विकेट लिएका छन् । आईपीएलको २ सिजनमा उनले २७ खेल खेलेर ३४ विकेट लिएका थिए । २०१८ मा केकेआरले स्टार्कलाई ९.४० करोडमा किनेको थियो तर चोटका कारण उनी खेल्न सकेनन् ।

फास्ट बलरको सेट–४ मा स्टार्कको नाम छ । उनको आधार मूल्य २ करोड भारु रहेको छ । राजस्थान र हैदरावाद बाहेक सबै टोलीले उनको लागि बोली लगाउन सक्छन् । उनी लिलामीको सबैभन्दा महँगो बलर पनि बन्न सक्छन् ।