८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

के आईपीएल लिलामीमा २० करोड भारुको मूल्यभार तोडिन्छ ? यी तीन खेलाडी हुनसक्छन् महँगा

के आईपीएल लिलामीमा २० करोड भारुको मूल्यभार तोडिन्छ ? यी तीन खेलाडी हुनसक्छन् महँगा
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अर्को वर्ष मार्चमा सुरु हुने भएपनि १० टोलीको लिलामी डिसेम्बर १९ मा सकिनेछ । आईपीएलको लिलामी मंगलबार दुबईमा दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ । जसमध्ये ३० स्लट विदेशी खेलाडीका लागि छन् ।

१० टोलीको लिलामीमा २६२.९५ करोड रुपैयाँ बाँकी छ । तीमध्ये गुजरात, हैदरावाद, कोलकाता र चेन्नई ३० करोड रुपैयाँभन्दा बढी रकम लिएर लिलामीमा भाग लिनेछन् । यी मध्ये एक टोलीमा भोलि आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि पर्न सक्नेछन्, जसको मूल्य २० करोड भारु नाघ्नेछ ।

१. रचिन रविन्द्रः एकदिवसीय विश्वकपमा ३ शतक, बायाँ हाते स्पिनर पनि
एकदिवसीय विश्वकपमा न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्र प्रभावित भएका छन् । उनले ३ शतकको मद्दतमा ५ सय ७८ रन बनाए । २४ वर्षीय रचिनले भारतमा स्पिन र पेस दुवैविरुद्ध ६४.२२ को औसतमा धेरै रन बनाए । शीर्ष क्रममा ब्याटिङका ​​साथसाथै रचिन लेफ्ट आर्म स्पिन बलिङ पनि गर्छन् ।

रचिनले न्यूजिल्याण्डका लागि १८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ११८ को स्ट्राइक रेटमा रन बनाएका छन् । उनी पहिलो पटक आईपीएलको लिलामीमा प्रवेश गर्नेछन् । आफ्नो टी२० करियरको ५३ खेलमा, उनले लगभग १२३ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

रचिनको नाम लिलामीको सेट–२ मा छ । न्युजिल्यान्डका अलराउन्डरले आफ्नो आधार मूल्य मात्र ५० लाख राखेका छन् । आईपीएलमा सबै टिमलाई अलराउन्डर चाहिन्छ । गुजरात, हैदरावाद, कोलकाता, चेन्नई, पञ्जाब र दिल्लीमा २९ करोडभन्दा बढीको कोष छ । यी मध्ये कुनै पनि टोलीले रचिन किन्न सक्छ ।

२. प्याट कमिन्सः विश्वकप विजेता कप्तान, तेज बलर र आक्रमणकारी ब्याट्सम्यान
आफ्नो कप्तानीमा एकदिवसीय र टी–२० विश्वकपसँगै एसेज र विश्व टेस्ट च्याम्पियनसिप जितेका प्याट कमिन्स पनि लिलामीमा सहभागी हुनेछन् ।

उनले ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा ५५ विकेटसहित ११६ रन बनाएका छन् । ३० वर्षीय अनुभवी कमिन्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा ४३८ विकेटसहित १७१७ रन छन् ।

आईपीएलका ४२ खेलमा कमिन्सले ३७९ रन बनाएका छन् भने ४५ विकेट पनि लिएका छन् । उनी २०२१ सिजनमा केकेआरको हिस्सा थिए, जब उनले १४ बलमा अर्धशतक बनाएका थिए । कमिन्स २०२० मा १५.५० करोड भारुमा बिक्रि भएका थिए, त्यसैले यो पटक पनि उच्च मूल्यमा उनी बिक्न सक्छन् ।

अलराउन्डर कमिन्सको नाम लिलामीको सेट २ मा छ । उनको आधार मूल्य २ करोड रहेको छ र उनले आईपीएलमा मुम्बई र दिल्लीबाट पनि खेलिसकेका छन् । सबै टोलीले उनको लागि बोली गर्नेछन् । चेन्नई, हैदरावाद, पञ्जाव र आरसीबीलाई भावी कप्तान चाहिन्छ, त्यसैले यी टोलीहरूले कमिन्सलाई समावेश गर्न थप चासो दिनेछन् ।

३.मिचेल स्टार्कः नयाँ र पुरानो बलमा खतरनाक, ब्याटिङ पनि गर्न सक्छन्
अष्ट्रेलियाका बायाँ हाते तीब्र गतिका बलर मिचेल स्टार्कले ८ वर्षपछि आईपीएल खेल्न पाउने भएका छन् । उनी पछिल्लो पटक २०१५ मा आरसीबीको हिस्सा थिए । नयाँ र पुराना दुवै बलमा बलिङ गर्न माहिर स्टार्कसँग गति र स्विङ पनि छ । तल्लो क्रममा आक्रमणकारी शटहरू प्रहार गर्नुका साथै स्टार्कले राम्रो ब्याटिङ पनि गर्छन् ।

एकदिवसीय विश्वकप २०२३ मा १६ विकेट लिने स्टार्कको नाममा ५८ टी(२० मा ७३ विकेट छन् । तीनवटै ढाँचामा उनले कुल ६४७ विकेट लिएका छन् । आईपीएलको २ सिजनमा उनले २७ खेल खेलेर ३४ विकेट लिएका थिए । २०१८ मा केकेआरले स्टार्कलाई ९.४० करोडमा किनेको थियो तर चोटका कारण उनी खेल्न सकेनन् ।

फास्ट बलरको सेट–४ मा स्टार्कको नाम छ । उनको आधार मूल्य २ करोड भारु रहेको छ । राजस्थान र हैदरावाद बाहेक सबै टोलीले उनको लागि बोली लगाउन सक्छन् । उनी लिलामीको सबैभन्दा महँगो बलर पनि बन्न सक्छन् ।