
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सुरु भएको छ ।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकले जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
शुक्रबार राति नर्भिक अस्पतालमा निधन हुनुभएको जोशीको पार्थिव शरीर आजै पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदैछ ।