२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday
Latest
‘संविधानले आमाका नाममा नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोक्यो’ थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो ‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’ ‘कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ’ आगलागीबाट तीन जना घाइते वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता भूठानले ल्यायो कागजको खोस्टो ग्लोबल आइएमई बैंकले महिलालाई १० करोड रुपैयाँसम्मको कर्जा दिने अवैध आप्रवासन रोक्न प्रतिबद्ध: अमेरिकी दूतावासको सन्देश नेपालीलाई सतर्क रहन आग्रह एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो र फापर फलाउने किसानलाई अनुदान



अ+ अ-

मनहरी । मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् ।

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो ।

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा रु २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताउनुभयो ।

यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उहाँले बताउनुभयो । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ र फापर प्रति केजी रु एक सय निर्धारण गरिएको छ । रासस