२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वभाविक : प्रचण्ड फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे लागुऔषध हत्या प्रकरणमा आइसिसीको वारेन्टमा पक्राउ पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)माथि सांघातिक आक्रमण आफ्नो जीवनलाई आनन्दले भर्नुहोस् प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिको अध्यक्षमा लालबाबु शेख निर्वाचित नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छः अस्गर अली वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा टपरीको माग उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने सरकारको निर्णय



file photo
अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको पनि उहाँले बताउनु भयो ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिदै मन्त्री शर्माले भन्नुभयो – ‘नेपाल परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ । उहाँ सचिवमा बढुवा हुनुभएको छ । नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने निर्णय पनि भएको छ ।

विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० पूर्वाधार समितिबाट आएको थियो यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।’

मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समिक्षा पनि भएको थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सो समिक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रुपमा बैठकमा छलफल हुन नसकेको जानकारी दिनुभयो ।

उहाँहरुसहित आगामी दिनमा बैठक बस्ने भनेर आजको समिक्षा बैठक टुंगिएको उहाँको भनाई छ । मन्त्री शर्माले आजको बैठकमा राखिएको प्रस्तुतिकरणका अनुसार चौमासिक समिक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको बताउनु भयो ।