७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने सरकारको निर्णय

उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने सरकारको निर्णय
file photo
अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने पनि गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको पनि उहाँले बताउनु भयो ।

मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिदै मन्त्री शर्माले भन्नुभयो – ‘नेपाल परराष्ट्र सेवा समुहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव श्री सेवा लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ । उहाँ सचिवमा बढुवा हुनुभएको छ । नेपाली सेनाका उपरथी श्री अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने भन्ने निर्णय पनि भएको छ ।

विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० पूर्वाधार समितिबाट आएको थियो यसलाई मन्त्रीपरिषद्ले स्वीकृत गर्ने निर्णय गरेको छ ।’

मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समिक्षा पनि भएको थियो । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले सो समिक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रुपमा बैठकमा छलफल हुन नसकेको जानकारी दिनुभयो ।

उहाँहरुसहित आगामी दिनमा बैठक बस्ने भनेर आजको समिक्षा बैठक टुंगिएको उहाँको भनाई छ । मन्त्री शर्माले आजको बैठकमा राखिएको प्रस्तुतिकरणका अनुसार चौमासिक समिक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको बताउनु भयो ।