२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओहोदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।राष्ट्रपति भवनमा आज बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उहाँहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपालका सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्याडिसनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । रासस