६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाड्न आदेश



file photo
अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ, “बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट २०८०/८/१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी रु तीस लाख धरौटी, जमानत वा बैंक जमानत दिई/लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।”

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो । आदेशमा खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो । सोहीअनुसार आज सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो ।

अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । रासस