१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गावस्करको भविष्यवाणी – आईपीएल २०२४ अक्शनमा अष्ट्रेलियाका यी खेलाडीलाई लगाइनेछ महँगो बोली



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को लागि लिलामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । पहिलोपटक लिलामी भारत बाहिर आयोजना हुँदैछ ।

यस्तो अवस्थामा डिसेम्बर १९ मा १० टोलीले विश्व क्रिकेटका उत्कृष्ट खेलाडीलाई टोलीमा समावेश गर्ने प्रयास गर्नेछन् । यसैबीच, ट्राभीस हेड र मिचेल स्टार्क दुई ठूला नाम हुनेछन् जुन सबै टोलीहरूले किन्न चाहन्छन् । भारतीय टोलीका पूर्व कप्तान सुनिल गावस्करले अष्ट्रेलियाली टोलीका यी दुई खेलाडीलाई नभई विश्वकप टोलीका कप्तान प्याट कमिन्सलाई किन्न सबै टोली आतुर हुने बताएका छन् ।

गावस्करले भने, ‘मलाई लाग्छ कि प्याट कमिन्समा धेरै चासो हुनेछ । जब उनले केकेआरबाट खेले, उनले त्यतिबेला सबैभन्दा छिटो अर्धशतक बनाएका थिए । जसका कारण उनी ब्याट्सम्यानको रूपमा पनि खेल्न सक्छन् । यसबाहेक उनी एक हुन्, हामीले खेलमा देखेका सबै भन्दा राम्रो बलरहरू मध्ये । मलाई लाग्छ कि यी त्यस्तो व्यक्ति हो जुन सबै फ्रान्चाइजीहरू आफ्नो टोलीमा राख्न उत्सुक हुनेछन् ।’

प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलिया छैटौं पटक एकदिवसीय विश्व च्याम्पियन बन्यो । फाइनलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै भारतलाई जितका लागि २ सय ४० रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले ४३ औं ओभरमा पूरा गर्दै खेल ६ विकेटले जितेर विश्वकपको उपाधि जितेको थियो ।

आईपीएल २०२२ मा, प्याट कमिन्सले पुणेको डीवाई पाटिल स्टेडियममा मुम्बई इन्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्सका लागि १४ बलमा अर्धशतक बनाएका थिए । आफ्नो इनिङ्समा उनले १५ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै कुल ५६ रन बनाएका थिए, जसका कारण कोलकाताले उक्त खेल जितेको थियो ।