८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजकले नै पायो चुली कपको उपाधि



अ+ अ-

कर्णाली । वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । 

फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पा¥यो । विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ । उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुप¥यो । उसले नगद रु एक लाख ५० हजार र टर्फी पायो । भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छन् । तेस्रोले नगद रु एक लाख र चौथोले रु ५० हजारसहित टर्फी पाएका छन् । 

आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगितामा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । विजेता टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पुरस्कार वितरण गर्नुभयो । रासस