३ पुष २०८२, बिहीबार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’मा बिकेनन् नेपाली खेलाडी



अ+ अ-

काठमाडौँ । आगामी सिजनको पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा नेपाली खेलाडीलाई मैदानमा देख्न नपाइने भएको छ । पीएसएलको बुधबार राति सम्पन्न ‘ड्राफ्ट’ मा कुनै पनि नेपाली खेलाडी बिकेनन् ।

पीएसएल २०२४ को लागि राष्ट्रिय क्रिकेट टीमका १० खेलाडीले नाम दर्ता गराएका थिए । ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी परेका थिए ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनमको लिस्टमा परेका थिए। तर उनीलाई कुनै पनि क्लबले खरिद गरेनन् । सन्दीपले यसअघि नै पीएसएल खेलिसकेका थिए । उनले यसअघि लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

यस्तै, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरीमा परेका थिए भने आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी सिल्भर क्याटेगेरीमा परेका थिए । तर, यसपटक कुनै पनि नेपाली खेलाडी पीएसएल क्लबहरुको रोजाइमा परेनन् ।

पीएसएलको आगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १८ सम्म आयोजना हुँदैछ ।