११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नीति बिहीन रुपले हिँड्न सक्दैनः जगदिश्वर नरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसीले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको बैकठपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस नीति बिहीन रुपले हिँड्न नसक्ने भन्दै राजनीतिक, सांगठनिक, आर्थिक, वैदेशिक नीति महाधिवेशनबाट स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रुपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेकालाई अवसर दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठण्डा, जाडो, हिउँ पर्छ भन्नेकुरा त्यही समयमा थाहा थियो । त्यसैले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्छ । राजनीतिक, सांगठनिक, आर्थिक, वैदेशिक नीति नीति बिहीन रुपले काँग्रेस हिँड्न सक्दैन । महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रुपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्छ । राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेका पुराना कुनै अवसर नपाएकाहरुलाई अवसर दिनुपर्छ । पटकपटक चुनाव हार्ने, चुनाव लड्नेहरुलाई अवसर दिनु हुँदैन ।’

नेता केसीले पटकपटक चुनाव हार्नेहरुलाई राष्ट्रिय सभनामा अवसर दिनु नहुने बताउनु भयो ।