६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नीति बिहीन रुपले हिँड्न सक्दैनः जगदिश्वर नरसिंह केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदिश्वर नरसिंह केसीले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको बैकठपछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस नीति बिहीन रुपले हिँड्न नसक्ने भन्दै राजनीतिक, सांगठनिक, आर्थिक, वैदेशिक नीति महाधिवेशनबाट स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रुपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेकालाई अवसर दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठण्डा, जाडो, हिउँ पर्छ भन्नेकुरा त्यही समयमा थाहा थियो । त्यसैले महासमितिको बैठक तोकिएकै समयमा हुनुपर्छ । राजनीतिक, सांगठनिक, आर्थिक, वैदेशिक नीति नीति बिहीन रुपले काँग्रेस हिँड्न सक्दैन । महासमितिको बैठक नीति महाधिवेशनको रुपमा रुपान्तरित गरेर केही विषयवस्तु एजेण्डाबाइज बन्नुपर्छ । राष्ट्रिय सभा निर्वाचनमा मौका नपाएका, पार्टीचित्र त्याग, तपस्या, बलिदानी, निष्ठा र आदर्श बोकेका पुराना कुनै अवसर नपाएकाहरुलाई अवसर दिनुपर्छ । पटकपटक चुनाव हार्ने, चुनाव लड्नेहरुलाई अवसर दिनु हुँदैन ।’

नेता केसीले पटकपटक चुनाव हार्नेहरुलाई राष्ट्रिय सभनामा अवसर दिनु नहुने बताउनु भयो ।