३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका १० खेलाडी पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका १० खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) २०२४ को ड्राफ्टमा परेका छन् ।

पाकिस्तान सुपर लिगले जारी गरेको ड्राफ्ट लिष्टमा सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।

पीएसएलले जारी गरेको सूचीमा नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनमको लिस्टमा परेका छन् । सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । उनले यसअघि लाहोर क्वालन्डर्सबाट खेलेका थिए ।

यस्तै, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरीमा छन् भने आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी सिल्भर क्याटेगेरीमा परेका छन् । पिएसएलको ड्राफ्ट बुधबार हुँदैछ ।

प्लेटिनममा बिक्ने खेलाडीले १ लाख ४८ हजार अमेरिकी डलर (१ करोड ४० लाख रुपैयाँ) पाउनेछन् । गोल्ड क्याटेगोरीमा बिक्ने खेलाडीले ३७ हजार ४ सय ३५ डलर ( ५० लाख रुपैयाँ) र सिल्भर क्याटेगोरीका खेलाडीले १८ हजार अमेरिकी डलर(२५ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।

पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।