२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

नेप्सेमा पाँच अङ्कको गिरावट

नेप्सेमा पाँच अङ्कको गिरावट
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पुगेको छ । कूल २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० मा कारोवार भयो । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख ४० हजारको हाराहारीमा रहेको छ । 

कारोवार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । जलविद्युत् २४.५२, वित्त ५.२ र लघुवित्त ४४.५ अङ्ले बढ्दा बैंकिङ ६.७२, व्यापार २१२.८३, होटल तथा पर्यटन १४४.८२, विकास बैंक ०.४८, निर्जीवन बीमा २१.९, उत्पादन २०.१८, अन्य १९.२१, जीवन बीमा ३०.६५, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.०६ बिन्दुले ओरालो लागेको छ । 

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ३१ लाख ६५ हजार २६३ बराबरको कारोवार भयो । यस्तै, माथिल्लो तामाकोशी रु ३८ करोड ७७ लाख ९० हजार ९१, चन्द्रागिरि हिल्स रु ३७ करोड सात लाख ७६ हजार ४९०, नेपाल बङ्गलादेश बैंक रु १४ करोड ६९ लाख ४९ हजार २६३, एचआइडिसिएल रु १२ करोड ८९ लाख ३५ हजार ७९, हिमालयन डिस्टिलरी रु नौ करोड ५२ लाख ५३ हजार १६०, अजोड इन्स्योरेन्स रु आठ करोड ९५ लाख ६७ हजार ६६०, नेपाल पुर्नबीमा कम्पनी रु आठ करोड १० लाख र नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ३४ लाख ८२ हजार ६३६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 

उन्नती सहयात्रा लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले कमाए । सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । अजोड इन्स्योरेन्स ९.९२, महिला लघुवित्त ९.८५, समिट लघुवित्त ९.४३, रिडी हाइड्रोपावर ७.१८, सारथी नेपाल लघुवित्त ६.९९, बोमी लघुवित्त ५.९६, युनाइटेड इदी ममर्दीहा इड्रोपावर ५.६३, हिमालयन ऊर्जा विकास कम्पनी ५.४५ र लक्षमी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले कमाए । 

यस्तै, चन्द्रागिरि हिल्स ७.१७, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ४.८७, कालिका पावर ४.२८, एनएमबीका लगानीकर्ताले ३.९७ प्रतिशतले गुमाए ।