८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको समृद्धिको लागि संकल्प यात्रा आज पुष्पलालको जन्मथलो आउँदै, यस्तो छ तयारी



अ+ अ-

रामेछाप । नेकपा एमालेले गत मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप आइपुग्दै छ ।

झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज साँझ रामेछाप आइपुग्न लागेको हो ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको अभियान मङ्सिर १४ गते पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाट स्थित महाकाली नदी किनारबाट सुरु भएको थियो । संकल्प यात्राको टोली आज रामेछापको लागि काभ्रेको धुलिखेलबाट हिँडेको छ ।

धुलिखेलबाट सुरु भएको यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो आज दोलखाको चरिकोटमा दिउँसो सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको टोली मन्थली आउने सोमबार बिहान पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार आज साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम सहितको सभा अपराह्न चार बजेबाट सुरु हुने छ । अभियानको टोलीलाई स्वागत गर्न जिल्लका नेताहरू रामेछाप र दोलखाको सिमाना मिल्ती खोला पुग्ने कार्यक्रम रहेको छ । त्यहाँबाट आएको टोलीलाई रामेछापको खिम्तीमा स्वागत कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

बेलुकाको बास मन्थलीमा नै हुने छ । यस पटक केन्द्रीय नेताहरूलाई सकेसम्म नेता कार्यकर्ताकै घरमा बास राख्ने योजना बनाइ सोही अनुसारको तयारी गरिएको श्रेष्ठले बताउनुभयो । ‘अटेसम्म नेता, कार्यकर्ताको घरमा बास राख्छौँ, नअटेकालाई मात्र होटेलमा राख्ने व्यवस्था मिलाएका छौँ, यसबाट नेता, कार्यकर्ता बिचको सामिप्यता बढ्ने विश्वास लिएका छौँ’, श्रेष्ठले भन्नुभयो ।
मंगलबार बिहान भने सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा राखिएको छ । त्यस पछि अभियान कोशी प्रदेश तर्फ अघि बढ्ने छ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ ।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।