८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आर्यघाटमा अन्त्येष्टि



अ+ अ-

काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । उहाँको अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा गरिएको छ । नेता मानन्धरलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरुले अन्तिम बिदाई गर्नुभयो । 

नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भुमिका रहेको छ । विक्रम सम्बत १०८९ मा जन्मिनुभएका मानन्धर लामो समयसम्म नेकपा (संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।