७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौंः मन्त्री आचार्य

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौंः मन्त्री आचार्य
अ+ अ-

काठमाडौँ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ ।

महिला हिंसाबिरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । मन्त्री आचार्यले महिला हिंसाबिरुद्धको अभियानमा पुरुषको सहभागिता बढाउन जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले महिलालाई आर्थिक रुपमा सम्पन्न गराएर उनीहरुमाथि हुने सबै प्रकारको विभेद गर्ने अभियान सरकारले अघि बढाए पनि त्यसका लागि विनियोजन गरिएको बजेट सदुपयोग हुन नसकेको गुनासो गर्नुभयो । मन्त्री आचार्यले महिला हिंसा अन्त्यका लागि समाजमा जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैलाई महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा, कुरीतिको अन्त्य गर्न एकजुट भएर लागौं भनेर आह्वान पनि गर्न चाहन्छु । महिलामाथि हुने हिंसा र दूव्र्यवहार हटाउन हामीले यतिबेला ३ वटा कुरामा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ । पहिलो, संविधान र कानूनले जतिसुकै व्यवस्था गरेपनि समाजमा सचेतनाको अभाव भयो भने त्यसको पूर्ण कार्यान्वयन कठिन छ । त्यही भएर महिला हिंसा बिरुद्धको सचेतना कार्यक्रमलाई ब्यापक बनाउन पनि जरुरी छ ।

दोस्रो, महिला पुरुष भनेको एउटा रथका दुई पांग्रा हुन् । ती मध्ये एकको अभावमा अर्को गुडन सम्भव रहँदैन । त्यही भएर महिलामाथि हुने हिंसाविरुद्धको अभियानमा पुरुषहरुको सहभागिता सुनिश्चत गर्दै लैजानुपर्छ भन्ने मेरो धारणा रहेको छ । र, तेस्रो भनेको महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउने विषय पनि हो ।

विभेद र दुव्र्यवहारको एउटा जड परनिर्भरता पनि हो । महिलाको परनिर्भरतालाई अन्त्य गरेर उनीहरुलाई आर्थिक उपार्जनका निम्ति सवल बनाउँदै महिला सशक्तिकरण गर्न जरुरी छ । नीति तथा कार्यक्रममा नै महिलाका लागि विभिन्न किसिमका योजनाहरु बनाउँदै सरकारले कूल बजेटको करिव २० प्रतिशतको हाराहारीमा लैंगिक समानताका लागि बजेट छुट्टयाउँदै आएको छ । तर त्यसको सही सदुपयोग नभईरहेको गुनासो आइरहेका छन् ।’

मन्त्री आचार्यले महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले महिला सशक्तिकरणको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।