७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
अ+ अ-

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे ।

त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश त्रिपाठीले एक विकेट झारे ।

त्यसअघि संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुबइको आइसिसी एकेडेमी २ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो । नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५१ रनको योगदान दिएका हुन । त्यसैगरी नेपालका दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरेका थिए । कँडेलले ५९ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३१ रन बनाएका हुन् ।

सुरुआती ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा एक रनमै आउट हुँदा १७ ओभरमा ४६ रन जोड्दा नेपालले सुरुवाती पाँच विकेट गुमाएको थियो ।

त्यसैगरी कप्तान देव खनालले १३ बल खेल्दा शून्यमा आउट भए । आकाश त्रिपाठी छ रनमा आउट हुँदा तिलक भण्डारीले सात रन जोडे । सुवास भण्डारीले अविजित आठ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए भने अमिर हसनले दुई विकेट झारे । उबेद शाह र अली असफन्दले समान एक एक विकेट लिए । नेपालले दोस्रो खेल यही मङ्सिर २४ गते अफगानिस्तानतसँग खेल्नेछ ।