७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यदि उनले २० केजी तौल घटाए भने म उनलाई आईपीएलमा लिनेछु’



अ+ अ-

एजेन्सी । अफगानिस्तानका पूर्व कप्तान असगर अफगानले भारतसँग २०१८ एशिया कप टाई खेलको महेन्द्र सिंह धोनीसँग सम्बन्धित एउटा हास्यास्पद किस्सा सेयर गरेका छन् ।

टाइम्स अफ इन्डियासँगको एक अन्तर्वार्तामा अफगानले खेलपछि धोनीसँगको आफ्नो कुराकानीलाई सम्झाउँदै मोहम्मद शहजाद उनको ठूलो फ्यान भएको कुरा धोनीलाई भनेका थिए । धोनीले स्पिन लिए र शहजादको तौल २० केजीले घटाएमा उनलाई इन्डियन प्रिमियर लिग (आईपीएल)मा ब्याट्सम्यानका रूपमा छनोट गर्ने बताएका थिए ।

दुबईमा भएको एसिया कप २०१८ मा भारत विरुद्धको खेलमा शहजाद प्लेयर अफ द म्याच घोषित भए । यस खेलमा शहजादले ११६ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १२४ रनको पारी खेलेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २५२र८ रन बनाएको थियो । लक्ष्य पछ्याएको भारतीय टिम ४९े.५ ओभरमा २५२ रनमा अलआउट भयो ।

अफगानले भने, ‘म्याच बराबरी भएपछि मैले एमएस धोनीसँग कुरा गरें । उनी एक शानदार कप्तान हुन् र भारतीय क्रिकेटलाई भगवानको उपहार हो । उनी एक राम्रो व्यक्ति पनि हुन् । उनले भने कि हामीले मोहम्मद शहजादको बारेमा धेरै कुरा गर्यौं ।’

मैले धोनीलाई भने कि शहजाद तपाईको ठूलो फ्यान हो । धोनीले हाँस्दै भने शहजादको पेट धेरै ठूलो छ र यदि उसले २० किलो तौल घटाउँछ भने म उसलाई आईपीएलमा छनोट गर्नेछु । यसपछि शहजाद सिरिजपछि अफगानिस्तान फर्किएपछि उनको तौल ५ केजीले बढेको थियो ।

भारतसँगको टाई म्याचको स्मरण गर्दै अफगानिस्तानका पूर्व कप्तानले भारतसँगको २०१८ को टाई म्याच आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए ।

मोहम्मद शहजाद