११ श्रावण २०८३, सोमबार
,
Latest
क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँः अध्यक्ष वैद्य



अ+ अ-

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरु असक्षम र संकटग्रस्त बन्दै गएको बताउनुभएको हो । उहाँले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताउनु भयो ।

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उहाँले बताउनु भयो । अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा संकटग्रस्त बन्दै गएको प्रष्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्युह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्तालिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् । साथै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने धारणा पनि संसदीय यथास्थितिवादको अभिव्यक्ति बाहेक अरु केही होइन । यो एउटा थप भ्रमजाल मात्र हो ।

पुरानो संविधानमा टालो हालेर र संशोधन गरेर पनि केही हुँदैन । संकटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गिय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तत्कालिन राजनीतिक कार्यनीति हुनेछ । यो कार्यनीति सहि तथा वस्तुवादी रहेको छ ।

अस्थायी संयुक्त सरकारका काम के हुन् त ? राजनीतिक प्रतिवेदनमा भनिएको छ, यस सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ । यसप्रकारको कार्यनीतिले एकातर्फ आम जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ ।’

अध्यक्ष वैद्यले राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा भएको भन्दै त्यो यात्रा अस्वीकार्य रहेको बताउनु भयो । त्यस्तै सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेका उहाँको भनाई छ ।