११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु: प्रधानमन्त्री दाहाल

जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तरक्रियामा उहाँले अब सेवा प्रवाह, विकास निर्माण तथा नीति तर्जुमाका क्षेत्रमा नयाँ सुरुवात गरिने बताउनुभयो ।

“मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु”, प्रधानमन्त्रीले भन्नुभयो । कर्मचारीतन्त्रमा रहेका सम्पूर्ण व्यक्ति ज्ञान, अनुभव र क्षमताको दृष्टिकोणले सक्षम रहेपनि त्यसको सदुपयोग हुन नसकेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री भन्नुभयो, “कर्मचारीको क्षमताको जसरी जति उपयोग हुनुपर्ने थियो, त्यसबाट सेवा र विकासलाई उपलब्धिमूलक बनाउन सकिएको छैन । यसमा कुनै न कुनै ‘ग्याप’ छ, त्यसलाई कसरी हल गर्ने भन्नेमा आश्वयक छलफल गर्नुपर्छ ।” नेपालको कर्मचारीतन्त्र संसारकै अब्बल, व्यावसायिक, दक्ष र अनुभवी रहेको जनाउँदै उहाँले परिणाम दिने सन्दर्भमा राजनीतिक नेतृत्व र कर्मचारीबीचमा कहीँ न कहीँ तादाम्यता नमिलेको बताउनुभयो ।

सरकारको ध्यान शासकीय सुधार गर्नेमा केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री दाहालले प्रशासनमा सुधार गर्ने मात्रै नभइ समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा छलफल गरिरहेको बताउनुभयो । “शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ”, उहाँले भन्नुभयो ।

सेवा प्रवाहका क्षेत्रमा स–साना काममा सुधार गर्दै ठूला कामको लक्ष्यलाई निर्धारित गरेर जान जरुरी रहेको औँल्याउँदै प्रधानमन्त्री दाहालले जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभव गरेनन् भने सरकार, कर्मचारी तन्त्र र राजनीतिक दलप्रति जनताको भरोसा कमजोर हुँदै जाने र विश्वास टुट्ने बताउनुभयो । “तत्काल जनतालाई सेवा प्रवाह गर्ने विषयलाई केन्द्रित गरेर विद्यमान ऐन कानुनभित्रै बसेर सेवा प्रवाहमा सुधार गर्न सकिने के हो रु ऐन संशोधन गरेर दीर्घकालीन ढङ्गले नै जानुपर्ने के हो भन्ने बारेमा ठोस् निष्कर्षमा पुग्नुपर्नेछ”, उहाँले भन्नुभयो ।

आफू र मातहत निकायको नियमित कामलाई नतिजासँग कसरी जोड्ने भनेर सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बन्नेबित्तिकै सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक जस्तो देखिएको बताउनुभयो । “कहीँ न कहीँ समस्या छ । समाधान गर्ने उपाय पनि खोज्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले गतवर्ष सरकार प्रमुखका हैसियतमा आफूले अर्थतन्त्रका समस्या सका लागि सामान्य सुधारका उपायमार्फत मात्रै नहुने देखेपछि गम्भीर ढङ्गले सोचेर तत्काल सुधारतर्फ जान जरुरी रहेकाले सुधारको प्रक्रिया थालनी गरिएको स्मरण गर्नुभयो । “आउने दिनमा अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन उपायको खोजी गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “नीतिगत र संरचनागत रुपमा कहाँ चुकेका छौँ, कार्यशैलीमा सीमा कहाँनेर छ, त्यो विषयको गहिरो छानबिन हुनुपर्छ ।”

सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने दिशातर्फ अघि बढेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “प्रशासनिक क्षेत्र तथा अर्थतन्त्रमा गर्न सकिने र तत्काल गर्नैपर्ने सुधार के हो रु जसले जनतामा भरोसा पैदा गर्न सकोस्, दीर्घकालीन ढङ्गले दिशानिर्देश गर्नुपर्ने र लक्ष्य निर्धारण गर्नुपर्ने के के मा हो रु भन्ने विषयको निष्कर्ष आउनुपर्छ ।”

सरकारी सेवा प्रवाहमा सुधारको महसुस नभएसम्म जनता सन्तुष्ट नहुने उल्लेख गर्दै उहाँले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने भएकाले यसमा राजनीतिक चलखेल हुन नहुने धारणा राख्नुभयो ।

जनताका विचार सरकार तथा सरोकारवाला निकायले सुनेर समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने भन्दै सरकार तथा सेवा प्रदायक निकायप्रति जनताले भरोसा गर्ने कामतर्फ सबै लाग्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रयास जारी राखेको बताउँदै जनता पूरै सन्तुष्ट हुने गरी सेवा दिन नसकिएको र अर्थतन्त्र सुधारोन्मुख भए पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्नुभयो । रासस