११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

शासकीय सुधारका लागि आयोग गठन हुन्छ: प्रधानमन्त्री दाहाल

शासकीय सुधारका लागि आयोग गठन हुन्छ: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताउनु भएको छ ।

बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताउनु भयो । उहाँले जनताले अनुभुति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याउनु भयो । प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखि काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समिक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महशुस गरेको छु । हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरुमा सुधार गरेर अनि ठूलाठूला कामहरुलाई प्रायोटाईज गरेर जान जरुरी छ । जनताले प्रत्यक्ष रुपमा आफूलाई सेवा प्राप्त भएको अनुभुत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरुप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ । त्यसकारण हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर हामीले विद्यमान ऐन, कानून भित्रै बसेर सुधार गर्ने सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरु संशोधन गरेर दीर्घकालीन ढंगले जानुपर्ने के हो ? भनेर ठोस निष्कर्षमा हामी पुग्नुछ ।’

‘आफ्नो र आफू अन्तर्गतको निकायको नियमित कामहरुलाई नतिजासँग कसरी जोड्ने भन्ने छ । यहाँ प्रसंग आयो । मैले पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदैगर्दा जुन ठोस रुपमा प्रश्तुत गर्ने कोशिस गरिएको थियो । त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भने जसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ । र, यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ । अर्थतन्त्रको कुरा गर्दा गत साल मैले सरकार प्रमुखको हैसियतले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन । विगतका तमाम कामहरुको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ । त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरुमा ती कुराहरुमा हामीले गुणात्मक सुधारका उपायहरुको खोजी गर्न जरुरी छ । ’

प्रधानमन्त्री दाहालले जनतामा उत्साह आउने गरी परिणाममुखि काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराउनु भयो ।