२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले लिनुभयो उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गर्नुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार उक्त केन्द्रमा भर्ना हुनुभएको हो । उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उहाँको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ । रासस