२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा



फाईल फोटो
अ+ अ-

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।

ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न स्थानमा रथयात्रा गरेपछि जावलाखेलमा भोटो देखाएपछि यो सम्पन्न हुन्छ । जावलाखेलमा करिब चार दिन रथ राखिने भएकाले जावलाखेलमै रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय निर्माण हुन लागेको हो ।

ललितपुर महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काका अनुसार ललितपुर महानगरपालिकाको रु ८५ लाखको लागतमा सङ्ग्रहालय निर्माण थालिएको हो । प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले सङ्ग्रहालय निर्माण गर्न रु ४५ लाख प्रदान गर्ने सम्झौता भएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।

सङ्ग्रहालय भवन दुई तलाको हुनेछ भने त्यसमा रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित सामग्री राखिनेछन् । रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।

रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा र बर्सेनि सञ्चालन हुने जात्रामा प्रयोग गरिने रथको पाङ्ग्रा ललितपुरको जावलाखेलमा राखिने गरिएको छ । रथको पाङ्ग्रा राख्ने भवन जीर्ण अवस्थामा छ । धेरै वर्ष पहिलेदेखि प्रयोग गरिएको रथका पाङ्ग्राहरु घामपानीबाट जोगाउनका टहरमा राखिएको छ ।

हाल सङ्ग्रहालय निर्माण कार्य सुरु भएको ठाउँमा ऐतिहासिक पाटी रहेको ललितपुर महानगरपालिका–४ का वडासचिव ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातो मच्छिन्द्रनाथको जात्रको समयमा बत्ती बाल्न आउँदा भक्तजन पाटीमा बस्ने गरेको इतिहास छ । ऐतिहासिक पाटी भत्किएपछि त्यसलाई ट्राफिक प्रहरीले उपयोग गरेको छ । रासस




भर्खरै