१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

विमस्टेकका विदेशमन्त्रीहरुको बैठक सकियो, तर बर्माको नरसंहारको कुरै उठेन

विमस्टेकका विदेशमन्त्रीहरुको बैठक सकियो, तर बर्माको नरसंहारको कुरै उठेन
अ अ+ अ-

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को परराष्ट्रमन्त्रीस्तरीय बैठक बिहीबार सम्पन्न भएको छ । यो १७ औं बैठक थियो ।

बिहीबार नेपालका परराष्ट्रमन्त्रीले पनि सदस्या राष्ट्रका रुपमा बैठकलाई सम्बोधन गरेका थिए । हाल विमस्टेकको अध्यक्ष श्रीलंका छ । श्रीलंकाले यो भर्चुअल बैठकको आयोजना गरेको थियो । यस बैठकमा सदस्य राष्ट्रहरू भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । 

यी सबै देशका परराष्ट्रमन्त्रीहरूले हिजो र आज भएको सो दुइ दिने बैठकलाई सबै विदेशमन्त्रीले सम्बोधन गरेका थिए र पूर्वनिर्धारित एजेण्डामाथि मात्रै उनीहरुले आफ्ना भनाइहरू राखेका थिए ।

तर यो बैठकको औपचारिक विषय र यसका सम्बोधनहरु भन्दा पनि दुःखद कुरा त म्यान्मारमा एक महिनादेखि जारी रहेको भयानक नरसंहारको विषयमा कसैले पनि कुरा उठाएनन् । 

त्यहाँको नरसंहारका बारेमा कुरा उठाउनु त परै जाओस म्यान्मारका सैनिक मन्त्रीसमेत सहभागी बैठकमा अन्य देशका मन्त्रीहरूले म्यान्मारको सैनिक सरकारले दिनहुँ जारी राखेको नरसंहारका बारेमा केही पनि बोलेनन् । 

आज नेपालको धारणा राखेका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली हुन् या हिजो भनाई राखेका भारतका विदेशमन्त्री एस. जयशंकरसहित सबै सदस्य मुलुकका विदेशमन्त्रीहरूले यो विषयमा कुनै कुरा नै उठाएनन् । 

म्यान्मारमा नरसंहार भइरहेको बेलामा त्यहाँका सरकारी प्रतिनिधिहरूलाई बोलाएर बहुपक्षीय अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता गराउनु भनेको त्यहाँको सैनिक सरकारलाई अन्तर्राष्ट्रिय रुपमै मान्यता दिनु सरह रहेको एकजना कूटनीतिज्ञले बताए । ।

म्यान्मारमा एक महिनाअघि माघ १९ गते जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सैनिक ‘कु’ गरिएको थियो । यसबीचमा महिला, बालबालिका, विद्यार्थी, वृद्ध गरी पाँच सयभन्दा बढी बर्मेली नागरिकले सेनाका हातबाट ज्यान गुमाइसकेका छन् ।

देशको प्रजातान्त्रिक सरकारलाई मासेर सबै नेतालाई जेल हाल्ने र त्यसको विरोधमा उठेका त्यहाँका सर्वसधारण नागरिकको हत्या गर्ने बर्मेली सरकारका विरुद्ध कुरा उठाउनुको सट्टा उल्टै त्यस देशका विदेशमन्त्रीलाई बोलाएर बैठक गर्नुले सो नरसंहारलाई वैधानिकता दिएको ठहर्ने कूटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।