१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै

एमालेको समृद्धिका लागि सङ्कल्प यात्रा: आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै
अ अ+ अ-

सुर्खेत । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदै छ ।

आजको यात्रा दैलेखबाट सुर्खेतको वीरेन्द्रनगरसम्म हुने र आजको यात्रा ७१ किलोमिटर मात्र रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। आइतबार अछामको मङ्गलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, आज बिहान दैलेख बजारमा स्थानीय नेता, कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरूसँग सामूहिक भेटघाट रहेको प्रमुख गौतमले बताउनुभयो। आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो। चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले जानकारी दिनुभयो ।

यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ । त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ । सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

वीरेन्द्रनगरमा आज दिउँसो ३:०० बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रसिद्ध पर्यटकीय स्थल काँक्रेविहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । काँक्रेविहारमा थारु संस्कृतिको प्रदर्शन गर्ने पनि तयारी छ ।

प्रमुख ढकालका अनुसार सुर्खेतमा अध्यक्ष ओलीले उद्योगी, व्यापारी, बुद्धिजीवीहरूसँग सुर्खेतका समस्या र सम्भावनाका बारेमा छलफल गर्ने कार्यक्रम छ । साँझ ६:३० देखि ७:३० सम्मको एक घण्टा भेटघाटको समय तय गरिएको छ । त्यसपछि वीरेन्द्रनगरका प्रमुख, उपप्रमुखसहित कार्यपालिकाका सदस्यहरूसँग भेटघाट तथा छलफलको कार्यक्रम राखिएको एमालेले जनाएको छ ।