६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै



अ+ अ-

काठमाडौँ । सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ ।

सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गर्नुभयोे ।

प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।

सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक वर्ष सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरूलाई उपलब्ध गराउने विभिन्न प्रकारका छात्रवृत्ति प्रदान गर्नुभयो । त्यसैगरी, उहाँले नेपाली सेनाका फरक क्षमता भएका बालबालिकाहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ विविध सहयोग पु¥याउनु हुने सङ्घसंस्थाहरूलाई कदरस्वरूप उपहार प्रदान गर्नुभयो ।

कार्यक्रममा बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, सङ्घका पदाधिकारीहरू, सैनिक महाविद्यालयहरूका प्राध्यापक, छात्रछात्राहरूलगायत अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो । रासस