२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमार यादवको नजर विराट कोहलीको कीर्तिमानमा



अ+ अ-

एजेन्सी । भारतीय कप्तान सूर्यकुमार यादव बैंगलोरको एम चिन्नास्वामीमा अष्ट्रेलियाविरुद्ध हुने पाँचौं र अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा विराट कोहलीको ठूलो कीर्तिमान तोड्ने लक्ष्यमा छन् ।

यस सिरिजको दोस्रो खेलमा उनले ८० रनको महत्वपूर्ण इनिङ खेलेका थिए भने अघिल्लो खेलमा उनले एक रन मात्र बनाउन सकेका थिए । अब सूर्या पाँचौं र अन्तिम टी–२० मा ठूलो कीर्तिमान बनाउने लक्ष्यमा छन् ।

वास्तवमा, २०२१ मा आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियर सुरु गरेका सूर्यकुमार यादवले आफ्नो उत्कृष्ट प्रदर्शनका साथ यस ढाँचामा धेरै रन बनाए । सूर्यकुमार यादवले भारतका लागि अहिलेसम्म खेलेका ५७ टी–२० खेलमा १९८० रन बनाएका छन् ।

सूर्यालाई अन्तिम टी–२० खेलमा मात्र २० रन आवश्यक छ, जुन उनले हासिल गरेमा उनी भारतका लागि टी–२० मा सबैभन्दा छिटो २००० रन पूरा गर्ने ब्याट्सम्यान बन्नेछन् । यस मामिलामा सूर्याले आफ्नो ५६ औं इनिङ्समा यो उपलब्धि हासिल गरेका विराट कोहलीलाई पछाडि छोड्नेछन् ।

टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो २ हजार रन पूरा गर्ने कीर्तिमान भने पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमको नाममा छ, जसले ५२औं इनिङ्समा यो उपलब्धि हासिल गरेका छन् । बाबरसँगै मोहम्मद रिजवानको नाम पनि यसमा समावेश छ ।