२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गतामैत्री नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध छ: मन्त्री ज्वाला



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति,नियम र कानून बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आईतवार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरुको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधारमन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले प्रोत्साहन गर्नेगरी नीति नियमहरु बनाउने तयारीमा रहेको बताउनु भयो । उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपाङ्गतामैत्री कार्यक्रम ल्याएर अपाङ्गता भएकाहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउने तयारी गरिरहेको बताउनु भयो । मन्त्री ज्वालाले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा सरकार गम्भिर भएर लागि रहेको बताउनु भयो । उहाँले सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘अहिलेसम्म अपाङ्गतामैत्री बन्न नसकेका नीति,नियम र कानून अपाङ्गमैत्री बनाउन सरकार प्रतिवद्ध छ । सरकारले ल्याउनी नीति तथा कार्यक्रम र बजेट समेत अपाङ्गतामैत्री कार्यक्रम लाएर अपाङ्गताहरुको एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरामा पनि प्रतिवद्ध छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग छलफल गर्छु । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि कसरी अपाङ्तामैत्री सार्वजनिक बस,सडक र पुलहरु बनाउने भन्ने विषयमा सबैसँग छलफल गरी अगाडि बढाउँने छौं । समग्र मुलुकको मौतिक पूर्वाधारलाई अपाङ्गतामैत्री बनाउने विषयमा पनि राज्य लागि परेको छ । जुन सबै सरोकारवालाहरुसँग छलफल गरिनेछ । सरकारले बनाउने १६ औं योजनामा पनि अपाङ्गता भएकाहरुको माग सम्बोधन गरिनेछन् ।’

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता; अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता’ भन्ने मुल नारा सहित प्रभातफेरी गरेको छ । प्रभातफेरीमा विभिन्न संघसंस्था, विद्यालयलगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने गरिन्छ ।