११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामा वाङचुक राप्तेनलाई ‘काइन्डनेस एण्ड लिडरसिप’ अवार्ड



अ+ अ-

काठमाडौँ । उत्तरी गोरखा स्थित छेकम्पारका वाङचुक राप्तेन लामा ‘काइन्डनेस एण्ड लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

वुमेन अफ द फ्यूचर नामक संस्थाले सिंगारपुरमा एक कार्यक्रम गरी मंगलवार लामालाई सम्मान गरेको हो ।

किमोलुङ फाउण्डेशन नेपालका संस्थापक अध्यक्ष समेत रहेका लामा सामाजिक क्षेत्र अन्तरगत छनौट भइ सम्मानित भएका हुन् । उक्त कार्यक्रममा उनी सहित सामाजिक कार्यमा संलग्न हुदै आएका अन्य ५० जना पनि सम्मानित भएका छन् । यस संस्थाबाट सम्मानित हुने लामा नेपालको पहिलो व्यक्ति हुन् ।

उत्तरी गोरखाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै लामालाई सम्मान गरिएको संस्थाले जनाएको छ । लामाले उत्तरी गोरखाका दुर्गम क्षेत्रहरुमा निशुल्क रुपमा स्वास्थ्य शिविर संचालन गर्नुका साथै बर्थिङ सेन्टर स्थापना लगायतका कार्यहरुमा सहयोग गर्दै आएका छन् ।

सन् २०१८ बाट संस्थाले विश्वमा सामाजिक, आर्थिक र व्यापारिक क्षेत्रबाट समाजलाई योगदान पुर्‍यfउदै आएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।