१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु



अ+ अ-

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना प्रान्तको खैबर जिल्लामा भएको हो । बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीको विज्ञप्ति अनुसार प्रहरीको जवाफी कारबाहीमा आतङ्ककारीको मृत्यु भएको हो । फरार अपराधीहरूलाई पक्राउ गर्न सो क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पोलियो टोली सुरक्षित रहेको छ भने बालबालिकालाई पोलियो खोप खुवाउने अभियान अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।




भर्खरै