६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले बनायो सर्वाधिक टी–२० जित्ने विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । चौथो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गर्यो ।

योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान समेत बनाएको छ । भारतले आफ्नो १३६ औं टी–२० जित्यो । उसले १३५ टी–२० जित रहेको पाकिस्तानलाई पछि पारेको हो ।

रायपुरमा भएको चौथो टी–२० जित्दै भारतले ५ म्याचको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको छ । पाँचौं र अन्तिम टी–२० डिसेम्बर ३ मा बैंगलोरमा खेलिनेछ ।

रायपुरमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो । जवाफमा अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्रै बनाउन ससक्यो ।