६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् पूर्वखेलाडी तथा प्रशिक्षक थापा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक भीम थापाको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार निधन भएको हो । थापा काठमाडौंको कुलेश्वरमा बस्दै आएका थिए ।

सन् १९७१ मा जापानमा भएको यू–१९ एशियाली च्याम्पियनसिपमा नेपाली टोलीको महत्वपूर्ण सदस्य बनेका थापा न्युरोट टिम एनआरटी, ठमेल, महावीर क्लबलगायतबाट क्लब फुटबल खेलेका थिए ।

पटक–पटक नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको भुमिका निभाएका थापालाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले २०१३ मा लाइफ टाइम अचिभमेन्ड अवार्डबाट समानित गरेको थियो ।