५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल द्रविडले मुख्य प्रशिक्षकको सम्झौताबारे भने – मैले अहिलेसम्म हस्ताक्षर गरेको छैन



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार नोभेम्बर २९ मा मुख्य प्रशिक्षक राहुल द्रविडसहित सहायक स्टाफको सम्झौता लम्बिएको घोषणा गरेको थियो ।

अर्थात् राहुल द्रविड भारतीय टोलीको मुख्य प्रशिक्षक रहनेछन्, तर द्रविडले भने यसबारे चकित पार्ने खुलासा गरेका छन् ।

बीसीसीआईले बिहीबार विश्वकप र सम्झौता पुनरावलोकन बैठक आयोजना गरेको थियो । यस भेटपछि राहुल द्रविडले आफूले बीसीसीआईसँग सम्झौता नगरेको बताए । यद्यपि, कार्यकालका बारेमा छलफल भएको बताउँदै कागजातहरू प्राप्त गरेपछि आफूले हस्ताक्षर गर्ने जनाएका थिए ।

राहुल द्रविडको कार्यकाल आईसीसी विश्वकप २०२३ पछि समाप्त भएको छ । बीसीसीआईले द्रविडमाथि विश्वास व्यक्त गर्दै उनलाई टोलीको मुख्य प्रशिक्षकमा निरन्तरता राख्ने सहमति जनाएको छ । साथै, बीसीसीआईले राहुल द्रविडसँग सार्थक छलफल गरेको थियो र छलफलपछि, मुख्य प्रशिक्षकको रूपमा राहुल द्रविडको सम्झौता लम्ब्याउने सर्वसम्मतिले सहमति भएको थियो ।

राहुल नोभेम्बर २०२१ मा टीम इन्डियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । द्रविडको दुई वर्षको कार्यकालमा टीम इन्डिया एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा अस्ट्रेलियासँगको हार बाहेक, भारतले विश्वकपमा आफ्ना सबै खेल जितेको थियो । योसँगै विश्वकप अघि भारतले एसिया कप जितेको थियो । गत वर्ष अष्ट्रेलियामा भएको टी–२० विश्वकपमा भारतले सेमिफाइनल खेलेको थियो ।

यस बाहेक भारतले अष्ट्रेलिया, श्रीलंका र न्युजिल्याण्डविरुद्धको घरेलु टेष्ट सिरिज र बंगलादेशमा सिरिज जितेको थियो । साथै, भारतले वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड र श्रीलंका विरुद्धको घरेलु टी–२० सिरिज जित्न सफल भएको थियो ।

तर, दक्षिण अफ्रिका भ्रमणमा टेष्ट र एकदिवसीय सिरिजमा पराजय बेहोरेको थियो । यसबाहेक इंग्ल्याण्डमा भएको पाँचौं टेस्टमा पनि भारत पराजित भएको थियो ।